Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४ करोड जरिवाना सुनाइएकी फरार प्रतिवादी पक्राउ गरेको छ । सिआईबीले शनिबार बनेपाबाट बनेपा नगरपालिका-६ बस्ने ४५ वर्षीया मन्दिरा केसी (कार्की) छिन् । उनी घराना डेभलपर्स प्रालिकी सञ्चालक हुन् ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएकी थिइन् । त्यसरी प्रालिको नाममा रहेको चाँगुनारायण-७ र ९ मा रहेको जग्गाहरू धितो राखेर ऋण प्राप्त गरेकी थिइन् । तोकिएको परियोजनामा ऋण प्रयोग नगरी दुरुपयोग गरेपछि उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा परेको हो ।

साबिक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलाअनुसार उनलाई ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त सजाय बेरुजु भई फरार रहेको भन्दै प्रहरीले मन्दिरालाई पक्राउ गरेको हो । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।

तपाईको प्रतिक्रिया