Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको बताएका छन् । आज (आइतबार) सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु भएको दबाब यात्रालाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको जानकारी गराएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘यो देशमा धेरै क्रान्तिहरु भए । ती क्रान्तिलाई अवमूल्यन गर्ने हाम्रो अभिप्राय होइन् । त्यो हैसियत हाम्रो छैन् । हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा पसिना बगाउन चाहन्छौं । पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ’, उनले भने । लामिछानेले जनताबाट शक्ति र मत लिएर सत्तामा जाने र जनतालाई दुःख दिने राजनीतिको अन्य हुनुपर्ने र त्यो अन्त्यका लागि रास्वपाले अभियान थालेको बताएका छन् ।

उनले रास्वपाले थालेको दवाव यात्रामा पार्टीको नारा, लागो र राजनीतिक भाषा प्रयाग नगरिने पनि उद्घोष गरेका छन् । त्यस्तै लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताएका छन् । रास्वपाको दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया