Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दाङको घोराहीमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

प्रहरी जवान नेपाली नेपालगञ्जबाट श्रीमान आएकी छन् भनेर शनिबार राति कार्यालयबाट बिदा मागेर गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । प्रहरीकाअनुसार उनी घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए । आइतबार बिहान करिब ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लको भनाई छ ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेका थिए । नेपालीको घर रुन्टीगढी गाउँपालिका-९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका हुन् ।

तपाईको प्रतिक्रिया