Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमाले धादिङको जिल्ला अधिवेशन बिथोलिएको छ । प्रतिनिधि मनोनयनमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको छ । शनिबार साँझबाट सुरु बन्दशत्रमा दस्तावेज प्रस्तुत गर्नेक्रममा नेताहरुबीच विवाद हुँदा कुटाकुट भएको र सन्तोष खनालको हात भाच्चिएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका हुन् । उनले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्‍यो,’ अध्यक्ष ढुंगेलले भनेका छन्, ‘पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारू गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो ।’

नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा। रामकुमार अधिकारी आकांक्षी देखिएका छन् । त्रिपाठीको प्यानलबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकां‌क्षा देखिएका छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनी सचिवका आकांक्षा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया