बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वीरगञ्ज कृषि औजार कारखाना सञ्चान गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा बैतडी पुगेका छन् । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उनी आफै बैतडी पुगेका हुन ।

कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा ३४ हजार पुस्तक बिक्री भइसकेको उनले जानकारी दिए ।

“काठमाडौंबाट दुई हजार दुई सय किलोमिटर यात्रा गरेर १९औं जिल्ला बैतडी पुगियो,” डा. पुनले भने,“ पुस्तक बिक्री गर्दै हिँड्दाको यात्रा निकै रमालाइलो भयो । सबैले माया गरेर १२ हजार पुस्तक किनिदिनु भएको छ । होटल बास बसेको पैसा लिँदैनन् । पुस्तक बिक्री गरेको दुई करोड ५५ लाख रुपियाँ चोखो बच्यो ।”

 

तपाईको प्रतिक्रिया