Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक-एक गोल गरेका थिए ।

त्यस्तै डिपोर्टिभो अलाभेसका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए । यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औँ मिनेटमा मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको २३ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी डिपोर्टिभो अलाभेसको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया