Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – सर्जक तथा गायिका ज्ञानु जुग्जाली (छन्त्याल) १८ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएकी छन् । ज्ञानुको लय/शब्द र स्वरमा रहेको नयाँ कोसेली ‘धुरुधुरु नरोऊ माया…’ सार्वजनिक भएको हो ।

माया प्रेममा रहेको जोडी विविध कारणले छुटिँदाको अवस्थालाई समेटिएको गीत निकै मार्मिक बनेको छ । समाजमा घटिरहने घटना परिवेशलाई मार्मिक ढंगबाट प्रस्तुत गरिएको गीत धेरै श्रोता दर्शकहरूले मन पराउने अपेक्षा गरिएको छ ।

दीप घरब्जा छन्त्याल निर्माता रहेको गीत पुन डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हाे । खुसबहादुर गुरुङको निर्देशनमा तयार भएको गीतको भिडिओमा मनोज गुरुङ र दुर्गा जुग्जालीलगायतको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया