बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।

चन्द गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा थिए । स्रोतका अनुसार उनी प्रदेशको कमाण्ड गरेर जान चाहन्थे । प्रदेशको कमाण्ड नपाएपछि चन्द नेतृत्वसँग असन्तुष्ट बनेका हुन् ।

उनी अहिलेका महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचका अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया