आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – बागलुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दसैँको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्त्वपूर्ण मेलाको रूपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आइतबार टोकियोमा संयुक्त रूपमा कार्यक्रम गर्नेगरी तयारी थालिएको बिहुँकोट समाज जापानका अध्यक्ष दीपक कँडेलले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्नको लागी बागलुङ समाजका अध्यक्ष यमकान्त कँडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी थालिएको छ । समितिको सदस्यहरूमा बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा सुवेदी र बागलुङ समाजका उपाध्यक्ष प्रकाश केसी रहेका छन् भने मेलाको सदस्य सचिवमा दुई समाजका महासचिवहरू घनश्याम कँडेल (अर्जुन) र सचिन आचार्य रहेका छन् । आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा बिहुँकोट समाजका उपाध्यक्ष टिकाराम कँडेल छन् भने सदस्यहरूमा केशव सुवेदी र नारायण प्रसाद कँडेललाई तोकिएको छ ।

यातायात व्यवस्थापनमा दुई समाजका उपाध्यक्षहरू गुरु प्रसाद सापकोटा र रामु कँडेल रहनुभएको छ भने प्रचार प्रसार उपसमितिको संयोजकमा बागलुङ समाजका उपाध्यक्ष विष्णु सापकोटा सदस्यहरूमा शिवलाल कँडेल, वसन्त आचार्य, रामु खत्री र खिमानन्द कँडेल रहेका छन् । अतिथि सम्मान तथा व्यवस्थापन संयोजकमा बागलुङ समाजकी उपाध्यक्ष शोभा केसी (गीता) तथा सदस्यहरूमा बिना खड्का र मुना कँडेल रहेका छन् ।

राष्ट्रिय कलाकारको साथमा हुन लागेको सांगीतिक कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन दुवै समाजका संरक्षक, सल्लाहकार जापानमा गठित जिल्ला भित्रका अन्य समाजहरूसँग समन्वय र सहकार्य गर्दै कार्यक्रम गरिन लागेको बागलुङ समाजका अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिका संयोजक यमकान्त कँडेलले बताए । कार्यक्रमबाट संकलित रकम मध्य केही प्रतिशत बागलुङ जिल्लाको कुनै परोपकारी क्षेत्रमा खर्च गर्ने गरी आयोजित कार्यक्रम टोकियोभित्र गरिने भएपनी स्थान र आमन्त्रित कलाकारको बारेमा केही दिनपछि जानकारी गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया