Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतले अमेरिकासँग ३० वटा ड्रोन हतियार खरिद गर्ने भएको छ। अमेरिका सान डिएगोस्थित जेनरल अटोमिक्सले निर्माण गरेको शक्तिशाली ड्रोन हतियार एमक्यू–९बी ड्रोन भारतले खरिद गर्न लागेको हो। यसको मूल्य करिब ३ अर्ब अमेरिकी डलर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। गतवर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दशवर्ष भित्र भारतले २५० अर्ब अमेरिकी डलर आफ्ना हतियार आधुनिकिकरण गर्नका लागि खर्च गर्ने बताएका थिए। यो रकम यहीबाट उपलब्ध गराइएको हो।

हाल अमेरिकाले यस ड्रोनलाई जासुसी गर्न र निगरानी राख्नका लागि मात्र प्रयोग गरेको छ। ती ड्रोनहरु समुद्री तथा जमिनी क्षेत्रमा निगरानी गर्न र आइपरेको खण्डमा आक्रमणको लागि प्रयोग गरिने समाचारमा उल्लेख छ। अमेरिकासँगको यस सम्झौताले भारतको सैन्य शक्ति थप मजबुत हुनेछ।पछिल्लो समय भारत–अमेरिकाको रणनीतिक रक्षा साझेदारको रूपमा उदाइरहेको छ, विशेष गरी हिन्द महासागर र दक्षिणपूर्वी एशियाका केही क्षेत्रमा चिनियाँ प्रभावको सामना गर्न।

‘अमेरिका–भारतबीचकाे सम्बन्ध दशौं वर्षमा कायम हुनु दुबै देशका समर्पित प्रयासका परिणाम हुन्,’ जनरल अटोमिक्सका प्रमुख कार्यकारी विवेक लालले भने, ‘द्विपक्षीय सम्बन्धको लागि प्राथमिकताहरूको सूचीमा रहिरहनु भन्ने तथ्य हाम्रो पारस्परिक सुरक्षा उद्देश्यको संकेत हो।’

 

तपाईको प्रतिक्रिया