Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।

२०७९ साउन १७ गते अपराह्न नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रकमसहित अख्तियारको फन्दामा परेका थिए । नेपालले प्याराग्लाइडिङ्ग सञ्चालनको लागि लाइसेन्स उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट छ लाख घुस लिएको अख्तियारको टोलीले भेटेको थियो । यस्तै अख्तियारले उनको गाडीमा फेला परेको १६ लाख रुपैयाँ भेटेपछि अख्तियारले विशेष अदालतमा १६ लाख रकम र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए । सरकारी लगानीमा बेलायतमा उपसचिव पढ्न गएका र त्यहाँबाट फर्किए लगतै आठ महिनामै घुससहित पक्राउ परेका थिए । प्रमोद आफूलाई भविष्यको मुख्य सचिव हुँ भन्दै हिँड्ने गर्दथेँ ।

तपाईको प्रतिक्रिया