Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोध साँधेको बताएका छन् । बाँसबारी जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई समातेपछि सांसद चौधरीले यस्तो बताएका हुन् ।

कांग्रेस संसदीय दलको बैठकमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सरकारले उद्योगी व्यवसायीलाई तर्साएर लगानीको वातावरण बिथोलेसमेत आरोप लगाए । ‘धेरै अघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको छ,’ उनले भने, ‘लगानी सम्मलेन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ ।’

उनले बाँसबारी जुत्ता छाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे । प्रहरीले बाँसबारी जग्गा प्रकरणमा अनियमितता भएको गरेको आरोपमा बिहीबार अरुण चौधरीलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया