Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरूको आग्रह छ । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरूलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए । उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरू बाँच्ने अवसर शून्य बराबर हुने बताए । रुसी सेनाले नेपालीहरूलाई सबैभन्दा अगाडि लगाइ युद्ध गराउने गरेको उनको भनाई छ ।

युक्रेनीहरू क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालिरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताए । उनकाअनुसार अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरूले ज्यान गुमाइसकेका छन् । ‘हामी मैदानमा फिल्डमा जाने हो । युक्रेनीहरू सिधै क्याम्पतिर बसेको हुन्छ । उनीहरूले हामीलाई नापी नापी हानेको हुन्छ’ उनले भने ‘हामी नेपालीहरू धेरै मरिरहेको हुन्छ । उनीहरूले सार्वजनिक गरेको छैन । ४ देखि ५ सय भन्दा बढी नेपालीहरू मरिसकेका छन् ।’

रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरुले छिटो भन्दा छिटो उनीहरूलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे । रुसी सेनामा भर्ती भएका नेपालीहरू धेरै नै समस्यामा रहेको बताए । सरकारले पहल गर्ने हो भने समस्या समाधान हुनसक्ने उनीहरूको बुझाइ छ ।

तपाईको प्रतिक्रिया