Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् । आज एक भिडिओ सन्देश पोस्ट गर्दै उनले माफी समेत मागेकी हुन् ।

शुक्रबार बिहान उनको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको थियो । पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौँ र उहाँहरूले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौँ ।’

पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको थियो । तर शनीबार उनले पुनमले दुई वटा भिडिओ पोस्ट गर्दै आफू नमरेको बताएकी छन् । उनले सर्भिकल क्यान्सर (पाठेघर क्यान्सर) बारे जनचेतना जगाउन आफू मरेको नाटक गरेको समेत प्रष्ट पारेकी छिन् । उनको मृत्युको खबर हिजै पनि शंकाको घेरामा थियो ।

क्यान्सरले एकै चोटि मान्छे कसरी मर्न सक्छ भन्ने प्रश्न गर्नेहरू भए पनि उनका आफन्तले नै मृत्युको पुष्टि गरेको भारतीय मिडियाहरूले दाबी गरेका थिए । विवादास्पद क्रियाकलापको कारण यसअघि पनि उनी पटक पटक चर्चामा आउने उनले फेरि दुनियाँलाई बेवकुफ बनाएकी छिन् ।

तपाईको प्रतिक्रिया