Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेदरल्याण्डकी २७ वर्षीया लरेन होभले इच्छामृत्यु रोजेपछि सबै चकित र भावुक भएका छन् । यद्यपि मृत्यु हुनुअघि लरेनले धेरै हदसम्म स्थितिलाई उजागर गरेकी थिइन् । उनी लामो समयदेखि गम्भीर रोगसँग लड्दै थिइन् । यो रोगको नाम ‘मायलजिक एन्सेफेलोमाइलाइटिस’ हो ।

यसलाई क्रोनिक थकान सिन्ड्रोम पनि भनिन्छ । लरेनलाई सन् २०१९ मा उनको गम्भीर रोगको बारेमा थाहा भयो । मायलजिक एन्सेफेलोमाइलाइटिस वा क्रोनिक थकान सिन्ड्रोम हो, जुन रोग लागे पछि रोगी सधैं थकान महसुस गर्छ । अवस्था यस्तो हुन्छ कि उसले आफ्नो दैनिक काम पनि पूरा गर्न सक्दैन । बिरामीलाई सधैं ओछ्यानमा सुतेको महसुस हुन्छ । लगातार आराम गर्दा पनि बिरामीले थकानबाट मुक्ति पाउँदैन ।

लरेनले अन्ततः २७ जनवरी २०२४ मा आफ्नो शरीर छाडेकी थिइन् । उनले आफ्नो परिवार र आफ्ना असल साथीहरूको उपस्थितिमा अन्तिम सास लिएकी थिइन् । उनको मृत्युअघि २७ जनवरीको दिन लगभग ३ः४३ बजे लरेनले एक अनुभव साझा गरेर बिदा भएकी थिइन् । उनले लेखेकी छन्, ‘यो मेरो जीवनको अन्तिम ट्विट हुनेछ । माया दिनु भएकोमा सबैलाई धन्यवाद । म अलि बढी आराम गरेर आफ्ना प्रियजनहरूसँग बस्न जाँदैछु ।’

सन २०२३ मा उपचारको क्रममा लरेनले यस रोगको गम्भीरताको बारेमा आरटिएल समाचारसँग विशेष कुराकानी गरेकी थिइन् । उनले भनेका थिइन्, ‘मलाई लागेको थकानलाई स्वस्थ मानिसको थकानसँग तुलना गर्न सकिँदैन । यो निद्रा र आराम भन्दा कम छैन । कहिलेकाँही यति बढ्छ कि नजिकै राखेको पानीको गिलास पनि उठाउन सक्दिनँ ।

इच्छामृत्युबारे के भनिन् ?
लरेनले अन्ततः किन इच्छामृत्युलाई अँगालेकी थिइन् भन्ने कुरा पनि बताइन् । उनले भनिन्, ‘मेरो रोग दिन प्रतिदिन बढ्दै गएको छ । मलाई थाहा छ त्यहाँ केहि बिरामीहरू छन्, जसको अवस्था मेरो भन्दा खराब छ । उनीहरु एक्लै आफ्नो विचारसँग लडिरहेका छन् । म यो पीडा मेरो लागि चाहन्न । मलाई यो रोग पहिले नै असहनीय लाग्यो । मेरो लागि इच्छामृत्यु भनेको म आफ्नै लागि दया मागेको जस्तो हाे । म आफूलाई त्यो शान्ति दिन चाहन्छु ।’

तपाईको प्रतिक्रिया