Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी नेपाली दिदी-बहिनीको मृत्यु भएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो ।

उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन् । आगलागीका कारण धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गएको एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्याण्डका अध्यक्ष डा. शिव तिवारीले जानकारी दिएका छन् । उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो ।

आगलागी भएको थाहा पाउने बित्तिकै हतार-हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए । आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्यु भएको बताइएको छ ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झण्डै दुई दशकदेखि स्कटल्याण्डको एबर्डिनमा बस्दै आएको थियो । आगलागीमा ज्यान गुमाउने दुई दिदीबहिनी पनि पछिल्लो समय बाबुआमाको नजिकै छुट्टै फ्ल्याटमा बस्थे । मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा समुन्द्री तटमा काम गर्थिन् ।

तपाईको प्रतिक्रिया