Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितनारायणसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ ।

बिहीबार पक्राउ परेका उनीहरुलाई चिरायु अस्पतालमा राखिएको थियो। अहिले त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको प्रहरी स्रोतले समुद्रपारि डट कमलाई जानकारी दियो। जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतबाट फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो। उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ।

 

तपाईको प्रतिक्रिया