Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी मागेका छन् । अमेरिकी संसद सिनेटमा सुनुवाइका क्रममा आक्रोशित भएका परिवारसँग जुकरबर्गले बालबालिकालाई पर्न गएको असरप्रति माफी मागेका हुन् । “तपाईँले भोग्नु भएका सबै कुराका लागि म माफी चाहन्छु,” जुकरबर्गले सन्तान गुमाएका अभिभावकसँग भने, “तपाईंहरूका परिवारले जे भोग्नुभयो त्यो परिस्थितिबाट कोही पनि गुज्रिनु नपरोस् ।”

पाँच वटा प्रविधि कम्पनीका मालिकसँगै बसेका अभिभावकले आफ्ना बच्चाहरूले प्रविधिमार्फत् भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए । सबैभन्दा बढी फेसबुक र इन्स्टाग्राममार्फत् समस्या भएकाले त्यसका मालिक जुकरबर्ग जिम्मेवार रहेका सांसदले बताएका छन् । जुकरबर्गले अब कसैले पनि यस्तो समस्याबाट गुज्रनु नपर्ने गरी काम गर्ने र प्रविधिलाई सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बीबीसीका अनुसार रिपब्लिकन सिनेटर जोस हलीसँगको सवालजवाफमा जुकरबर्गलाई उनको पछाडि बसिरहेका पीडित परिवारहरूसँग माफी माग्न भनिएको थियो । जुकरबर्ग उठे, दर्शकतर्फ फर्किए र माफी मागे ।

तपाईको प्रतिक्रिया