Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान बढाएको छ । भारतले आगामी आर्थिक वर्ष २०२४/०२५ मा नेपाललाई ७ सय करोड भारु अर्थात् ११ अर्ब २० करोड रुपियाँ अनुदान दिने भएको हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार भारतीय संसद्मा पेस गरेको अन्तरिम बजेटमा गत वर्षको भन्दा १५० करोड भारु अनुदान बढाइएको उल्लेख छ । गत वर्ष भारतले नेपाललाई अनुदानस्वरूप ५५० करोड रुपियाँ छुट्याएको थियो ।

भारतले यसअघि आर्थिक वर्ष २०२२/०२३ मा ४३४ करोड, २०२३/०२४ मा ५५० करोड, (०२३/०२४ मा संशोधित ६५० करोड) भारु अनुदान दिएको थियो । आव २०२४/०२५ मा भारतले दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी अनुदान भने भुटानलाई दिने भएको छ । सो आवमा भारतले ऋण र अनुदान गरी भुटानलार्य २०६८.५६ करोड भारु दिने घोषणा गरेको छ ।

मोदी सरकारको १० वर्षे कार्यकालमा अर्थमन्त्री सीतारमणले छैटौंपटक बजेट पेस गरेकी हुन् । चुनावी अन्तरिम बजेट भएकाले कुनै नयाँ घोषणा नगरिएको उनको भनाइ छ । अप्रिल–मेमा लोकसभा चुनाव भएकाले भारतमा अन्तरिम बजेट आएको हो । नयाँ सरकार आएपछि जुलाईमा पूर्ण बजेट आउनेछ ।

 

तपाईको प्रतिक्रिया