Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली युवा टोलीले आज भारतसँग खेल्न लागेको हो। नेपाल सेमिफाइनलमा पुग्ने समीकरणबाट भने बाहिरिसकेको छ । खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ।

विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो। सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। २०१७ अन्डर नाइन्टिन एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो।

अहिले उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित गरे भारत उपाधिनजिक पुग्नेछ। दुई महिनाअघि भएको एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया