Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज माघ १९, अर्थात १९ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । राजाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर शासन सत्ता लिएको सम्झनामा नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रूपमा सम्झने गरिन्छ । उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए ।  २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत शासनसत्ता आफैंले चलाउने घोषणा गरेका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । तत्कालीन राजाको यो कदमले तत्कालीन ७ दल र नेकपा माओवादीलाई नजिक तुल्याएको थियो । त्यसपछि भएको १२ बुँदे सहमतिको जगमा २०६२–६३ को जनआन्दोलन भएको थियो । दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन । यससँगै पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन जान बाध्य भएका थिए ।

यही पृष्ठभूमिमा भएको जनआन्दोलनले अढाइ सय वर्षको राजतन्त्र फालेको थियो ।

तपाईको प्रतिक्रिया