Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने ‘डिभी होल्डर (डिभी परेकाहरू)’सहित १० जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाको सबैला–१२ का ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुरको मनहरी–९ की ३३ वर्षीया भगवती उप्रेती, लमजुङको बेसीसहर–५ की २४ वर्षीया रोना गुरुङ, ललितपुरको ललितपुर–१४ का २५ वर्षीय सञ्जय महर्जन रहेका छन् । यसैगरी, चितवनको भरतपुर–१२ का २५ वर्षीय सुमन ढकाल, सिराहाको सिराहा–१ का २९ वर्षीय सक्षम अर्याल, सर्लाहीको लालबन्दी–४ का ३५ वर्षीय सुरज अधिकारी, दोलखाको चरिकोट–९ का २६ वर्षीय अशोक श्रेष्ठ, पर्साको वीरगञ्ज–१० का २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाहीको हरिवन–९ का २६ वर्षीय स्वर्णिम दाहाल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरूलाई सन् २०२३ मा अमेरिकाको डीभी परेको थियो । तर, उनीहरूसँग भिसा प्रक्रियामा चाहिने न्यूनतम शैक्षिक योग्यता थिएन । भिसा प्रयोजनका लागि एसएलसी र कक्षा ११ र १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुरुमा प्रहरीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जनसहितको संलग्नता रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया