Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालयले ललितपुर लेलेबाट विकाश वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको हो ।

तामाङले युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले युरोप पठाईदिने भन्दै ६९ करोड ठगी गरेर फरार भएका थिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।

काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न थिए । उनले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया