Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – बहराइन माथि जित निकाल्दै उपाधि दाबेदार जापान कतारमा जारी एसियन कपको क्वाटरफाइनमा प्रवेश गरेको छ । दोहा स्थित अल-थुमामा स्टेडियममा भएको खेलमा जापान ३-१ ले विजयी भएको हो ।

३१औं मिनेटमा रित्सु दोआनले रिबाउण्डमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

६४औं मिनेटमा बहराइनले एक गोल फर्काउन सफल भयो । जापान गोलरक्षक जायन सुजुकीले बचाउ गरेपछि दोस्रो पटकमा आफ्नै डिफेन्डर सँग सम्पर्क नमिलेपछि उनले समात्न खोजेको बल आफ्नै जालिमा हालेका थिए । तर ७२औं मिनेटमा आयासे युएडाले गोल गर्दै दुई गोलको अन्तर कायम गर्दै जित सुनिश्चित गरे ।

जापानले अब सेमिफाइनल प्रवेशका लागि इरान र सिरिया बीचको विजेता विरुद्ध खेल्ने छ । सो प्रि-क्वाटरफाइनल खेल राति ९:४५ बजे हुने छ । सो खेलले क्वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लगाउने छ ।

तपाईको प्रतिक्रिया