Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – हिमाली जिल्ला मुस्ताङको जोमसोम स्थित ‘शिन्तामणी मुस्ताङ’ होटल विश्वको उत्कृष्ट २२ होटलको सूचीमा परेको छ । नेशनल नेशनल जोग्राफी च्यानलको २०२४ को ‘बेस्ट अफ त वल्र्ड’ सूचीमा नेपालको ‘शिन्तामणी मुस्ताङ’ होटल परेको हो ।

‘शिन्तामणी मुस्ताङ’लाई उत्कृष्ट २२ को सूचीमा राख्दै नेशनल जोग्राफी च्यानलले होटलले उत्कृष्ट सेवासँगै पुरानो बौद्ध मठको केन्द्रमा बाइकिङ, उचाईको डम्बो तलमा पदयात्रा गराउने उल्लेख गरेको छ । भनेको छ, ‘हिमाली तथा पौराणिक सभ्यताले भरिपूर्ण छ ।’

शेर्पा हस्पिटालिटि ग्रुप अन्तर्गत सञ्चालन भइरहेको यस होटलको व्यवस्थापन शिन्तामणी होटलले गरिरहेको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायि होटल सञ्चालन गर्दै आएको छ । यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ ।यो होटल समुद्री सतहबाट २ हजार ८०० मिटरको उचाइमा रहेको छ । नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन ‘शिन्तामणी मुस्ताङ’ले योगदान गरीरहेको छ । लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराइरहेको छ ।

नेशनल जोग्राफी च्यानलले लेखेको छ, ‘शिन्तामणीको सबै लजहरुका पाहुनाहरुसँग गाइड जोडिएका हुन्छन्, जसले उनीहरूलाई नेपालको तल्लो मुस्ताङ क्षेत्रको नाटकीय पहाड र मरुभूमि परिदृश्यहरू बीच साहसिक यात्रामा लैजान्छन् ।’ परम्परागत घरहरु जस्तो देखिने लजहरु बागलुङ ढुङ्गा र प्राचिन बस्तुहरुले सुसज्जित रहेको उल्लेख छ ।

६० सिटको निलगी रेष्टरेन्टमा हिमालयन याक मोमो (डम्पलिङ) र तिब्बती थुक्पा, चाउचाउको सूप र स्थानीय मार्फका उत्पादनहरु पाइने नेशनल जोग्राफी च्यानलले उल्लेख गरेको छ । ‘शिन्ता मणिको सर्वसमावेशी लजका पाहुनालाई गाइडसँग सम्पर्क गराइन्छ । जसले तिनलाई नेपालको तल्लको मुस्ताङ क्षेत्रको पर्वत र मरुभूमिले ढाकिएको परिदृश्यबीच रोमाञ्चक यात्रामा लैजान्छन्,’ यो होटलबारे नेसनल ज्योग्राफिकले भनेको छ, ‘शताब्दियौँ पुराना गुम्बासम्म बाइक चलाएर जाने, डुम्बा तालसम्म ट्रेकिङमा जानेजस्ता अनुभव लिन सकिन्छ ।अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूचीमा मुस्ताङ पनि परेको छ । यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो ।

सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्गको रुपमा उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सले पनि नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको उल्लेख छ । मुस्ताङ भ्रमण गर्ने विलासी पर्यटकहरुको पहिलो रोजाइको होटल ‘शिन्तामणी मुस्ताङ’ पर्ने गरेको छ ।

तस्बिर : ‘शिन्तामणी मुस्ताङ’को वेवसाइड

तपाईको प्रतिक्रिया