Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्यांकअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको हो ।

बुधबार सार्वजनिक समग्र तथ्यांकमा चीनले जापानलेभन्दा बढी सवारीसाधन निर्यात गरेको देखिएको छ । जामाको तथ्यांकअनुसार जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारीसाधन निर्यात गरेको थियो । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले भने यही अवधिमा ४९ लाख १० हजार सवारीसाधन निर्यात गर्यो ।

अझ, चीनको भन्सार विभागले त निर्यात संख्या ५२ लाख २० हजार पुगेको र अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जनाएको छ । चीनले सन् २०२३ को सुरू देखि नै मासिक रूपमा जापानले भन्दा बढी सवारी साधन निर्यात गर्दै आएको थियो ।

हालैका वर्षहरूमा विद्युतीय कारहरूमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र ठूलो मात्रामा फस्टाएको छ । यसबाट जापानी फर्महरूलाई चुनौती थपिएको छ । जापानी निर्माताहरूले लामो समयदेखि हाइब्रिड कार उत्पादनको शर्त राखेका छन् । हाइब्रिड कार जापानी प्रसिद्ध उत्पादन टोयटा प्रियसको जस्तै ब्याट्री पावर र आन्तरिक दहन इन्जिनबाट चल्ने कार हुन् ।

चिनियाँ कम्पनी बिवाइडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारीसाधनको बिक्री रेकर्डलाई तोडेको छ । यसले बढ्दो क्षेत्रको लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पूँजीकृत गरेको छ ।

सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बिवाइडीले पछि प्लग–इन हाइब्रिड र सबै–इलेक्ट्रिक वाहनहरू उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ । शेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बिवाइडीले चीन र युरोपमा मूल्यमा टेस्लासँग प्रतिस्पर्धा गर्दछ । एएफपी

तपाईको प्रतिक्रिया