Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ । त्यसक्रममा बज्राचार्यले ‘त्यो विषयमा’ आफूलाई थाहा नभएको जवाफ दिएको समितिका सदस्यले बताए । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले एआइजी बज्राचार्यसहित केही व्यक्तिहरूसँग बयान लिएको हो।

सिआइबीका प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डिएसपी दुर्गा दाहालसँग केही दिनअघि आयोगले सोधपुछ गरेको हो। पहिलो चरणमा आयोगले ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीमा जोडिएर पुर्पक्षको लागि थुनामा रहेका तथा धरौटीमा रहेका व्‍यक्तिलाई सोधपुछ गरेको थियो।

सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरुसँग बयान लिइरहेको छ ।

 

तपाईको प्रतिक्रिया