सोमबार, फाल्गुण १४, २०८०
Monday, February 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ । सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, बिमान दुर्घटना भए पनि पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका छन र उनलाइ कोरियाली समुद्री बलले उद्धार गरेको थियो।

एफ १६ फाइटिंग फाल्कन ८ औं फाइटर विंग स्थानीय समय अनुसार बुधबार बिहान लगभग ८ः४१ बजे मा दुर्घटनाग्रस्त भएको हो । ‘पाइलटलाई गणतन्त्र कोरिया सामुद्रिक बलले बरामद गरेको छ र उनको अवस्था स्थिर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीलाई कुनसान एयर बेसमा फिर्ता गरिएको छ जहाँ उनको थप उपचार हुनेछ भने दुर्घटनाको कारण खोजिनेछ ।’तर, अमेरिकाले ती पाइलटको नाम भने सार्वजनिक गरेको छैन, न त उनको अवस्थाको बारेमा थप विवरणहरू बाहिर प्रकाशमा ल्याएको छ ।

‘हाम्रो आरओके सहयोगीहरूले हाम्रो एयरम्यानको सुरक्षित पुनः प्राप्तिको लागि र पाइलट राम्रो अवस्थामा रहेकोमा हामी कृतज्ञ छौं,’ ८ औं फाइटर विंग कमाण्डर कर्नल म्याथ्यू सी गेटकेले विज्ञप्तिमा भने।

 

तपाईको प्रतिक्रिया