सोमबार, फाल्गुण १४, २०८०
Monday, February 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अनलाइनमार्फत विभिन्न प्रकारका अवैध गेम खेलाउने सिराहाका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनको सहायताले क्रिप्टो, बिटक्वीन, क्यास एपमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह, सिराहाको लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँका २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल, सिराहाको सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी रहेका छन्।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। विदेशी नागरिकको फेसबुक प्रयोग गरेर गेमहरु खेलाउने गरेको कार्यालयका डीएसपी निर्मल थापाले बताए। उनका अनुसार यसरी कतिको कारोबार गरे भन्ने अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया