Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कास्कीको पोखरामा बन्दै गरेको घरको लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पोखरा महानगरपालिका ६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधीन घरको ५ औं तलाको लिफ्टबाट खस्दा कास्कीको पोखरा महानगरपालिका-८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो १ बजेतिर तातो पानीको लागि सर्वे गर्ने क्रममा लिफ्टबाट अचानक खसेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । उनलाई साढे २ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । इन्जिनियर भट्टराई पोखरा महानगरपालिका ९ न्युरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया