Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा रहेको जग्गामा केन्द्रीय कार्यालय भवन बनाउने भएको छ । निकट भविष्यमा बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने भवनको शनिबार पर्यटनमन्त्री सुदन किराँतीले भूमिपूजन गरेका हुन् ।

निगमको ३५ रोपनी जग्गामा केन्द्रीय कार्यालय भवन, इन फ्लाइट किचन भवन, पार्किङ स्थल र अन्य आवश्यक संरचना निर्माण गरिने भएको छ । कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नयाँ भवन निर्माण भएपछि निगम उन्नति र प्रगतिको थप उचाइमा पुग्ने विश्वास गरे ।

निगमका सञ्चालक समिति सदस्य किशोर प्रधानले निगमको व्यावसायिकहित र सम्पत्तिहरूको उचित उपयोग तथा व्यवस्थापनमा सञ्चालक समितिबाट सधैँ साथ सहयोग रहने बताए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले करिब पैँतिस रोपनी क्षेत्रफलमा रहेको जग्गामा तालुक मन्त्रालय तथा सरोकारवाला निकायहरूसँग समन्वय गरेर सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कने गरी ऐतिहासिक केन्द्रीय कार्यालय भवन तथा संरचना निर्माण गर्ने बताए ।

निगमका अन्य २३ ठाउँमा रहेका घरजग्गा तथा संरचनाहरूको विस्तृत अध्ययन गरेर संरक्षण गर्ने र निगमको आम्दानी वृद्धि हुने गरी उचित व्यवस्थापन गर्ने पनि अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘हाल केन्द्रीय कार्यालय रहेको न्यूरोडको भवन तथा जग्गामा व्यावसायिक भवन बनाउने निगमका पूर्वज र हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको सपना रहेकोले यथाशीघ्र यो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

निगमसँग काठमाडौं, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडीमा बहुमूल्यको जग्गाजमिन र भवन रहेको छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेमा रहेको देखिन्छ । बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी जग्गा जमिन रहेको छ ।

निगमको स्वामित्वमा रहेको जग्गा र भवन :-

तपाईको प्रतिक्रिया