Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो । राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो । पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ । अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।

तपाईको प्रतिक्रिया