Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पुर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी एवं सामाजिक अभियान्ता दुर्गा प्रसाईबिच भेटवार्ता भएको छ । प्रसाईले हिजो सोमबार आफ्नो फेसबुक पेजमा पुर्वराजा शाह र आफ्नो फोटो पोष्ट्याउँदै श्री ५ महाराजधिराजसँग अर्थपुर्ण भेट भएको उल्लेख गरेका छन् । ‘श्री ५ महाराजधिराजसँगको अर्थपुर्ण भेट । लधुवित्त, सहकारी, बैंकबाट पिडित नागरिकहरुले र भ्रष्ट नेता बाट प्रताडित देशले छिट्टै निकास पाउनेछ।’ उनले लेखेका छन् ।

प्रसाईले राजसंस्था फर्काउने उद्घोषसहित पूर्व राजासँग हिमचिम बढाउँदै लगेका छन् । स्रोतका अनुसार पुर्वराजा ज्ञानेन्द्रको निमन्त्रणमा प्रसाई शाहलाई भेट्न आईतबार बेलुका पर्सा पुगेका थिए । र हिजो सोमबार बिहान उनीहरुबिच भेट भएको थियो । पछिल्लो समय दुर्गा प्रसाई राजतन्त्र तथा वित्तिय संस्थाको ज्यादती विरुद्ध खुला रुपमा वकालत गर्दै आईरहेका छन् भने पुर्वराजा शाहले पनि आफ्नो सक्रियता देखाईरहेका छन् ।

 

तपाईको प्रतिक्रिया