Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम)को दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने व्याख्या गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर कमाएको ख्यातीको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएर बलात्कार गरेको उल्लेख छ । अदालतले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरेको थियो ।

प्रतिकार नगरेकै कारणले अर्को पक्षको मञ्जुरी रहेको अनुमान गर्न नमिल्ने पनि फैसलाको पूर्णपाठमा भनिएको छ । आर्थिक रुपमा कमजोर रहेको र आर्थिक भरथेगको आशामा पीडितले सन्दीपलाई भेटेको हुनसक्ने भन्दै जिल्ला अदालतले सन्दीपले त्यस्तो विश्वासको दुरुपयोग गरेको औँल्याएको हो । ‘बलात्कार मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म पीडितको भनाइ नै सर्वाधिक महत्वको प्रमाण हुने हुँदा पीडितले जबर्जस्ती गरेको भनेको अनि पीडित र प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा करणीको कार्यलाई मञ्जुरीमा भएको भन्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ ।

जिल्ला अदालतले यो घटनामा सन्दीपको करणी गर्ने मनसाय देखिएको ठहर गरेको छ । ‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ । यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो,’ फैसलामा भनिएको छ, ‘प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ । पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिँदैन ।’

सन्दीपका कानुन व्यवसायीले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत जाने बताएका छन् । यसअघि सर्वोच्च अदालतको फैसलाअनुसार उनी धरौटीमा छुटेका थिए ।

तपाईको प्रतिक्रिया