Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणाकासँगै आवेदन खुला गरिएको छ । भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोका खोल्न गर्न सक्षम बनाउने उद्देश्यले आवेदन खोलिएको हो ।

२०२४ सँस्करणले नयाँ अवसर क्षेत्रहरू अन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई), विश्वव्यापी मुद्रा आवागमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित रहने छन् ।

विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीहरूका लागि विशेष रूपमा तयार गरिएको यस कार्यक्रमले सम्भावित सहयोग र द्रुत वृद्धि तथा अवधारणाको प्रमाण, उत्पादन समाधानहरू र द्रुत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिइने बताइएको छ ।

एशिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले कार्यक्रम मार्फत भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछ। तिनीहरूले नयाँ समाधानहरूको सह-विकास, परीक्षण र पुनरावृत्तिसँगै भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको सञ्जाललाई मूर्त गो-टु-मार्केटको अवसरहरू पाउनेछन् ।

कार्यक्रमको यस सँस्करणको लागि आवेदनहरू जनवरी ८, २०२४ मा खोलिएको र मार्च ८, २०२४ मा बन्द हुनेछ । छानिएका स्टार्टअपहरू मे देखि नोभेम्बर २०२४ सम्म संचालन हुने कार्यक्रम सहभागी हुन पाउनेछन् ।

आवेदन पेस गर्न इच्छुक स्टार्टअपहरूले www.visa.com.sg/apaccelerator मार्फत आवेदन पेस गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया