Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गुल्मीको सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरिएको सम्पन्न आयुर्वेद पसलमा सिल गरिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले पसलमा सिल गरेको हो। अधिकार क्षेत्र भन्दा बाहिर रहेर गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको पाइएपछि प्रशासनले शिल गरिदिएको हो ।

आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको पाइएपछि तत्कालका लागि उक्त पसललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । स्थानीय जनप्रतिनिधि रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद सिल गरेको हो ।

हाललाई आयुर्वेद शिल गरेर थप अनुसन्धानपछि थप निर्णय लिने शर्माले बताए । अनुगमनको क्रममा बिरामीलाई एक्सरे, बिरामी भर्ना गरेर उपचार गर्दै गरेको पनि फेला परेको थियो । जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो रहेको छ । उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ ।

 

तपाईको प्रतिक्रिया