Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – लामो समयको प्रयासपछि नेपालगञ्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तर प्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेस ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए । पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको बताए ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जको पर्यटन प्रवर्द्धनमा नेपालगन्ज– कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगञ्ज-पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया