Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानको नयाँ नेतृत्वमा मोहन पौडेल चयन भएका छन् । आइतबार टोकियोमा सम्पन्न मञ्चको नवौं महाधिवेशनबाट पौडेलको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति गठन भएको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामहरि पाण्डे चयन भएका छन् भने ८ जना उपाध्यक्षहरुमा श्रवण सत्याल, बाबुराम पौडेल, जनक सुबेदी, आरएच गौतम, शिबु थापा, भुवन हुमागाई, रामप्रसाद गैरे र रामकृष्ण भण्डारी चयन भएका छन् ।

यसैगरी महासचिवमा दावा शेर्पा चयन हुँदा ३ जना उपमहासचिबमा डिलाराम निउरे, अर्जुन अंगाई र प्रमिला राई चयन भएका छन् भने ६ जना सचिवहरुमा गोपाल लामिछाने, राकेश बिमली, राज पुरी, जीबन पोखरेल, बालबिक्रम तिगेला र गोविन्दप्रसाद पौडेल चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा गौरी सापकोटा चयन भएकाछन् भने ४ जना सहकोषाध्यक्षमा शालिकराम मरहठ्ठा, भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा गोकर्ण वर्तौला, राजेन्द्र देवकोटा, नवराज चापागाईँ, शिखर चौलागाईँ, विष्णुकुमार आङदेबे, अनुषा लुइँटेल, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश गैरे, हिरामणी राई, उद्धव पाण्डे, रामप्रसाद घिमिरे, युवराज बसेल, मनिष खनाल, गोबिन्द सिंह, अनिल रावल, मंगल सुनार, ज्ञानमसिंह तामाङ र प्रकाश सापकोटा चयन भएका छन् । यसैगरी अधिवेशनले अर्जुन ढकाललाई लेखा, अनुशासन तथा अनुमगन आयोगको संयोजक तोकेको छ । निर्वाचन समितिका संयोजक डा. भूपालमान श्रेष्ठले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।

मञ्चका अध्यक्ष भवानी पन्तको सभापतित्वमा भएको नवौं महाधिवेशन समारोहलाई प्रमुख अतिथिको आसनबाट बोल्दै माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका प्रवास समन्वय समितिका सह-इञ्चार्ज लक्ष्मण पन्तले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता परिवर्तन माओबादीको एजेण्डाको उपज भएको बताए । तर त्यसको जस लिन नसक्नु माओबादीको कमजोरी भएको विचार ब्यक्त गरे । उनले माओबादीकै एजेण्डा र पहलमा नेपालमा राजनैतिक परिवर्तन सम्पन्न भएको भएता पनि परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै अब आर्थिक रुपान्तरणका लागि दलहरु मिलेर काम गर्नुपर्ने बेला आएको बताए । विदेशमा क्रियाशील संघसंस्थाहरुले पनि यस महान कार्यमा हातेमालो गर्न आह्वान् गर्दै उनले भने – ’विदेशमा आर्जित ज्ञान, सीप, अनुभव, दक्षता र पूँजीलाई स्वदेश भित्र्याउन यहाँहरुले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।’

यसैगरी विशेष अतिथि माओबादी केन्द्रका अर्का केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले विदेशस्थित भात्तृसंगठनहरु आस्था र विचारका आधारमा कुनै दलविशेषसंग जोडिने भएता पनि विदेशमा राजनीति थोरै तर समाजसेवा धेरै गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले विदेशका समस्याहरुलाई मिलेरै समाधान गर्नुपर्ने भएकोले त्यसको अगुवाई एवं पहलकदमी जनप्रगतिशील मञ्चले गर्न अपिल गरे । महाधिवेशन समारोहमा अर्का विशेष अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीले जापानका नेपालीहरुको सुबिधालाई ध्यानमा राखी दूतावासबाट प्रवाह गरिने सेवा तथा कार्य सम्पादनलाई अधिकतम चुस्त, दुरुस्त र प्रभावकारी बनाउन आफुहरु हरदम प्रयत्नशील रहेको बताए ।

नवौं महाधिवेशनको प्रमुख अतिथि पन्तसहित विशेष अतिथिहरुले रिबन काटेर उदघाटन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मोहन पौडेलको स्वागत मन्तब्य रहेको थियो । समारोहमा विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि तथा मञ्चका जिम्मेवार पदाधिकारीहरुले शुभकामना ब्यक्त गरेका थिए । बोल्ने वक्ताहरुमा एनआरएन जापानका अध्यक्ष नविन निउरे, नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्की, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाली ब्यवसायी संघ (NBA) जापानका अध्यक्ष बिजय थकाली, नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष निरञ्जन गैरे, जसपा निकट नेपाली समाज जापानका अध्यक्ष शिशीर लिम्बु, नेपाल आदिबासी जनजाति महासंघ जापानका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, म्याग्दी प्रवासी नेपाली संघ (MONA) का केन्द्रीय अध्यक्ष ददिवल खड्का, गलकोट समाज जापानकी अध्यक्ष कालिका थापा लगायतका थिए ।

नवगठित कार्यसमितिका अध्यक्ष पौडेलले आफ्नो कार्यकाल स्वर्णिम बनाउने उदघोष गरे भने समापन मन्तब्य राख्दै सभाध्यक्ष पन्तले आफ्नो कार्यकाल अपेक्षा गरिएभन्दा सफल भएको दाबी गरे । महाधिवेशन समारोहमा महासचिव बाबुराम पौडेलको सञ्चालन रहेको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया