Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – यमुना भुर्तेल चापागाईँ आइतबार आफ्नो २५ दिनको बालकसहित घरबाट निस्केकी थिइन् ।

पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँ बस्ने उनी बालकलाई खोप लगाउन भन्दै घरबाट निस्केकी थिइन् । ‘हिजो बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी रहिछन् । बेलुका नाङखोल्याङको सेसम्बुमा एकजना आमाले भेटाउनु भएको रहेछ, तर माइतीघरसम्म आइपुगिनन्’ यमुनाका बुवा जय भुर्तेलले भने ।

उनको माइती घर आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुर हो । सोमबार उनको शव आठराई त्रिवेणी गाउँपालिका-२ माटेको तमोर नदी किनारमा फेला परेको छ । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए ।

उनले बोक्ने मोबाइल र लगाएको केही कपडा आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।

तपाईको प्रतिक्रिया