Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन् । मञ्चले टोकियोमा सम्पन्न ९औँ अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरि पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण  सत्याल, भुवन हुमागाईँ र रामकृष्ण  भण्डारी रामप्रसाद गैरे रहेका छन् । महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी ), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालविक्रम तिगेला, गोविन्द प्रसाद पौडेल रहेका छन् ।

कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा, भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा. भुपालमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल  चयन भएका छन् ।अधिवेशनको उद्घाटन माओवादी केन्द्रका नेताहरू लक्ष्मण  पन्त र ओम शर्मा लगायतले गरेका थिए । नवनिर्वाचित अध्यक्ष मोहन पौडेलले आफ्नो २ बर्से कार्यकाल स्वर्णिम  बनाउने उद्घोष गरे भने पूर्व अध्यक्ष भवानी पन्तले आफ्नो कार्यकाल सोचेभन्दा सफल भएको दाबी गर्दै नयाँ नेतृत्वलाई सफलताको  शुभकामना  व्यक्त गरे ।

निर्वाचन कमिटीका सदस्य रामहरि पुडासैनीले अधिवेशनमा देखिएका केही समस्या र असन्तुष्टिहरू सबैलाई  समेटेर अगाडि  बढ्नुपर्ने धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया