Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्डियन आइडलमा आफ्नो प्रस्तुतिमार्फत सदैव चर्चामा रहेकी छन् नेपाली गायिका मेनुका पौडेल । दृष्टिविहीन उनले आइडलकै मञ्चमार्फत आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन्। आइतबार प्रसारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक नितिन र रोहनले एआईजडित चस्मा प्रदान गरेका हुन् । क्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्ने भएकी छन्।

मेनुकालाई दिइएको चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त तस्बिरबारे बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको हुन्छ । सो क्रममा मेनुकाले खुसी हुँदै डाक्टरसहित इन्डियन आइडल टिमलाई धन्यावाद दिइन् । ‘मलाई जीवनमा यति ठूलो उपहार कसैले दिएको थिएन। जो तपाईंहरुले दिनुभयो। यसका लागि धेरै धेरै धन्यावाद ! मजस्तै अन्य थुप्रै हुनुहुन्छ । जसलाई म मद्दत गर्न सकुँ’, उनले भनिन् ।

प्रभास स्टारर फिल्म सलार को गीत समेत गाइसकेकी मेनुका अहिले इन्डियन आइडलको टप १० मा छिन् । यसै आइडलमार्फत उनी अहिले चर्चामा छिन् ।

 

तपाईको प्रतिक्रिया