Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज सोमवार बिहान तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर परेको छ । झन्डै एक महिनादेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईका केही ठाउँमा परेको शीतलहरका कारण तराईको जनजीवन दिनानु दिन कष्टकर बन्दै गएको छ । महाशाखाले अझै केही दिन तराईमा लागेको बाक्लो हुस्सु नहट्ने जनाएको छ ।

यता देशभर चिसो बढ्नेक्रम रोकिएको छैन । उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ । आज काठमाडौंको न्यूनतम् तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ । महाशाखाको अनुसार आज पहाडी क्षेत्रमा भने मौसम आंशिकरूपमा बदली भएको छ । बाँकी भू–भागमा सामान्यतः मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहे पनि वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया