Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – भिजिट भिसाको सेटिङमा संलग्न थप सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीहरू बारेमा थप विवरण उपलब्ध गराइ दिन जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । उनीहरूविरुद्ध माघ ९ मा पक्राउ पुर्जी जारी भएको थियो । परिसरले आइतबार सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ ।

प्रहरीको अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ भएको देखाएको छ । भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलिया माथिको अनुसन्धानका क्रममा थप कर्मचारीको पनि संलग्नता पुष्टि भएपछि उनीहरूको खोजी भइरहेको हो ।

भिजिट भिसा प्रकरणमा ३९ जना पक्राउ परेकामा कीर्ते कागजपत्र बनाउने समूहविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ । भिजिट भिसा प्रकरणपछि अध्यागमन र प्रहरीबीच विवाद चर्किएको छ । अनुसन्धानका नाममा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै अध्यागमनका कर्मचारीहरूले विरोध जनाउँदै आएका छन् ।

कर्मचारीको विरोधपछि गृह मन्त्रालयले अध्यागमन र प्रहरी कर्मचारीलाई सँगै राखेर छलफल समेत गरेको थियो । अहिले भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू भएको छ ।

तपाईको प्रतिक्रिया