Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – जब कुरा क्रुज जहाजको आउँछ, तब विश्वभरका मानिसहरूको दिमागमा ‘टाइटानिक’ जहाजको नाम आउँछ । तर, यसै महिनादेखि ‘आइकन अफ दी सिज’ नामक विशाल पानी जहाज पहिलो पटक सञ्चालनमा आएको छ । जुन पानी जहाजले टाइटानिकको झल्को मेटिदिने विश्वास गरिएको छ ।

किनभने टाइटानिकभन्दा यो पानी जहाज पाँच गुणा विशाल छ । विश्वकै सबैभन्दा ठूलो यो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्किसकेको छ । आइतबार फ्लोडियाको मायामीमा यो जहाजको उद्घाटन गरिएको छ । आइकन अफ दी सिजको कुल लम्बाइ ११ सय ९७ फिट रहेको छ भने यसको तौल २ लाख ५० हजार ८०० गिगाटन रहेको छ । २० तल्ले यस जहाजमा एक पटकमा ७ हजार ६ सय यात्रुले यात्रा गर्न सक्छन् ।

रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेस्टुरेन्ट र बार हुनेछन् । यी सबै रेस्टुरेन्ट र बारमा बलिङ गेमको व्यवस्था छ । यस्तै, यो क्रुजमा सातवटा स्वीमिङ पुल पनि छ भने एक वाटरपार्क छ । यो वाटरपार्क संसारको अन्य कुनै वाटरपार्कको तुलनामा उत्कृष्ट छ । क्याटेगोरी ६ नामक यो वाटरपार्कमा ६ वटा वाटर स्लाइड रहेका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार जहाजको सबैभन्दा सस्तो टिकट १८ सय ५१ डलर छ । यो टिकटले मायामीदेखि वेस्टर्न क्यारिबियनसम्मको यात्रा गर्न सकिन्छ । यस्तै, जहाजको सबैभन्दा महँगो टिकट १० हजार ८६४ अमेरिकी डलर छ । सुरक्षाका लागि जहाजमा १७ वटा लाइफबोट राखिएको छ । एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ ।

तपाईको प्रतिक्रिया