Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने भएका छन् । ओलीलाई प्रधानमन्त्रीको भूमिकामा राखेर फिल्म नमेटिने घाउ बनाउन लागिएको हो ।

फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ । यो चलचित्र नायक रमित ढुंगानाको हो । यस चलचित्रको निर्माता तथा निर्देशक पनि ढुंगाना नै हुन् ।

यस चलचित्रको छायांकन फागुन दोस्रो साताबाट सुरु हुने जनाइएको छ । आज चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । यस चलचित्रमा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन् ।

तपाईको प्रतिक्रिया