Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाण्डौमा आज यस वर्षकै धेरै जाडो भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ। अधिकतम तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान् छ।हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्रीसम्म झरेको थियो । न्यूनतम र अधिकतम तापक्रम दुबै कम हुँदै जाँदा काठमाडौंमा चिसो दिनहुँ बढेको महसुस गरिएको छ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा छ। महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ।

 

तपाईको प्रतिक्रिया