Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज मस्यौदासम्बन्धमा छलफल हुने नेकपा एसले जनाएको छ । सम्मेलनको उद्‍घाटन नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा गर्नेछन् ।

काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

नेकपा एसले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने जनाइएको छ । सम्मेलन भोलि आइतबार (१५ गते) सम्म काठमाडौंमा चल्नेछ ।

तपाईको प्रतिक्रिया