Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका विषयलाई लिएर आफ्नो र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । हिजो शनिबार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ साल जेठ १९ गते भएको घटनालाई लिएर जालझेल गरी, नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको टिप्पणी गरेका हुन् । प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि बहकिरहेको बताउँदै उनले यो अन्यायपूर्ण मात्र नभई दुर्भाग्यपूर्ण पनि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘जेठ १९ २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रा परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए ।’

अहिले पनि आफूहरू देशमै रहेको र गौरव गाथा गाइरहेको बताउँदै पूर्व राजा ज्ञानेन्द्रले आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन भन्ने आफ्नो अडान रहेको बताए । देश बनाउन र देश बचाउन आफूहरूलाई निरन्तर आह्वान भइरहेको भन्दै उनले पुर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया