Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आरयना सबलेन्काले लगातार दोस्रो वर्ष अस्ट्रेलियन ओपन जितेकी छन् । बेलारुसकी विश्व नम्बर २ सबलेन्काले आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल खेलिरहेकी चीनकी २१ वर्षीय छिनवेनलाई ६–३ र ६–२ को सोझो सेटले पराजित गर्दै उपाधि जितेकी हुन् ।

उनको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । यसक्रममा सबलेन्का सन् २०१३ यता लगातार अस्ट्रेलियन ओपन जित्ने पहिलो खेलाडी पनि भएकी छिन् । त्यस अगाडि भिक्टोरिया अजरेन्काले लगातार अस्ट्रेलियन ओपन जितेकी थिइन् ।

प्रतियोगिताको तेस्रो चरणमा विश्व वरीयताको नम्बर १ खेलाडी इगा स्वाटिक पराजित भएपछि २५ वर्षीय सबलेन्का उपाधिका लागि प्रमुख दाबेदार मानिएको थियो ।

तपाईको प्रतिक्रिया