Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बलिउड अभिनेत्री मनीषा कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार प्रहरी र कर्मचारीबीच भएको झगडाले विश्वमा जानसक्ने सन्देशबारे चिन्ता व्यक्त गरेकी छिन् ।

शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल प्राज्ञिक परिषद्ले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मतभेद र फुटले राम्रो सन्देश नदिने बताइन् । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपि कोइरालाकी नातीनी समेत रहेकी कोइरालाले यस्ता क्रियाकलापले नेपाल आमाको शिर झुकेको बताइन् ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि विमानस्थलकै प्रहरीले शुक्रबार हातपात गरेका थिए । ‘हाम्रो निकायहरू हेर्नुस् त, हिजो नै एयरपोर्टमा झगडा गरिरहनुभएको छ । यसले विदेशीहरूमा त के सन्देश गएको छ, तर हामीमा पनि हरे के भइरहेको छ भनेर मनमा कस्तो आउँछ?’ उनले प्रश्न गरिन् ।

उनले नेपाल रहेमात्रै नेपाली रहने सम्बोधनको क्रममा बताइन् । ‘यति धेरै मतभेद, फुट। हाम्रो नेताहरूलाई अरु विदेशको नेताहरूसँग उहाँहरुको मन झुकेको, शिर झुकेको छ। उहाँहरूमात्र होइन हामी सबै नेपाली झुकेको हो। नेपाल आमा झुकेको हो,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया